
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी हृविप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ ।
मंगलवार राप्रपाका पदाधिकारी तथा सांसदहरुको संयुक्त बैठकले ह्विप उल्लंघन गर्ने सांसदलाई कारवाहि गर्ने निर्णय गरेको हो ।
व्यवस्थापिका संसदमा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदलाई कारबाही गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
कारवाहिको लिष्टमा दीपक बोहोरा, विक्रम पाण्डे, सुनिल थापा, बिराज बिष्ट, रमेश लामा, विक्रम थापा, सइन्द्र बान्तवा, कमला शर्मा र भानु महरा, रामकुमार सुब्बा, बबिना मोक्तान, सीता लुईटेल, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, सरोज शर्मा, आनन्दी पन्त, इस्तियाक अहमद खान र गीता सिंह रहेका छन् । उनीहरु राप्रपाबाट अलग भएर राप्रपा प्रजातान्त्रिक गठनको प्रयत्न गरेका नेता पशुपतिशम्शेर राणाको पक्षका हुन् ।
त्यस्तै राप्रपाले सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिकको दल दर्ता गर्न निर्वाचन आयोगलाई दिएको आदेशविरुद्ध कानुन व्यवसायीसँग परामर्श गरेर कानुनी उपचार खोज्ने निर्णय पनि गरेको प्रवक्ता पाठकले बताए ।