संखुवासभा/औद्योगिक क्षेत्रको विकास र समृद्ध समाजको निर्माणको लागि स्थापना भएको संखुवासभा उद्योग बाणिज्य संघको १२ औं बार्षिक साधारण सभा नजिकिए संगसंगै बजारमा चहलपहल अझ तिव्र बन्दै गएको छ । सदरमुकाम खाँदबारीमा रहेको जिल्ला समन्वय समितिको हलमा आगामी श्रावण २३ गते हुने निर्वाचन मार्फत नेतृत्व चयनका लागि लागि २ वटा प्यानलहरु देखिएका छन् । बिगतमा सहमतीमा हुने नेतृत्व चयनको परंम्परालाई तोड्दै यस पटक निर्वाचनको तयारी शुरु गरिएको जनाईएको छ । निर्वाचनमा प्रतिस्पर्धीहरु बिच सहमति हुन नसकेपछि मतदान मार्फत नै नयाँ नेतृत्व चयनको प्रकृया अगाडी बढाईएको छ । चुनाव दुईवटा प्यानल बीच कडा प्रतिश्पर्धा देखिएको छ । युवराज शाक्यको नेतृत्वमा रहेको प्यानल र सुमन श्रेष्ठ नेतृत्वको प्यानलबिच प्रतिश्पर्धा हुने भएको छ । उद्योग बाणिज्य संघका आजिवन तथा साधारण सदस्यहरुको घर घरमा उम्मेरद्वारहरु भोट माग्नलको लागि पुगेका छन् । बजारका भित्ताहरु पोष्टर तथा पम्प्लेट जस्ता प्रचार प्रसारका सामाग्रीहरु प्रशस्त देखिएका छन् । दवै प्यनलका उम्मेरद्वारहरुबीच एक दमै कडा प्रतिष्पर्धा हुने छ । १ सय २७ जना आजिवन सदस्य र १ हजार ६ सय ५१ जना साधारण सदस्यहरु गरि १ हजार ७ सय ७८ मतदाता संख्या रहेको छ । संखुवासभा उद्योग बाणिज्य संघमा मतदान मार्फत नै नयाँ नेतृत्व चयन हुने भएपछि अहिले उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न थालेका छन् । २३ गते हुने निर्वाचनले ७ पदाधिकारी र १६ सदस्य निर्वाचित गर्नेछ ।