विराटनगर/  जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेको मिनी बस सोमबार दिउँसो पल्टिदा एक जनाको मृत्यु भएको छ भने १९ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा विराटनगर – १६ का ४२ वर्षिय रन्जित सिंह रहेको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ । मृतक सिंह गाडी मालिक हुन् ।

विराटनगरको मलाया रोडको सुनसरी मोरङ सिचाई आयोजनाको नहर नजिकै को १ ख ४१४ नम्बरको बस दिउँसो पौने २ बजेतिर पल्टिएको हो । भारतको जोगबनी बजारमा सरसामान किनमेल गरेर बसमा फर्कदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । घाइतेलाई उपचार गराउन कोशी अञ्चल अस्पतालमा १७ जनाको र २ जनाको विराटनगरको न्यूरो हस्पिटलको उपचार भइरहेको मोरङ ट्राफिकले जनाएको छ । घाइते हुनेरुको पूर्ण विवरण आउन बाँकी छ ।

विराटनगर जोगवनी रुडमा लामो समयदेखिको जिर्ण अवस्थामा रहेका गाडीहरु सञ्चालन हुँदा बारम्बार दुर्घटना हुँदै आएको छ । यस अघि पनि जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेको मिनी बस एम.एम प्लास्टिक उद्योग अगाडी पल्टिएको थियो र दुई दर्जन घाइते भएको थिए । यस रुढमा यातायत व्यवसायीहरुको सिन्टिकेट लगाएको हुनाले नयाँ गाडी सञ्चालन हुन नसकेको बताइएको छ ।