-
Home
-
स्वास्थ्य
-
ट्रम्पले मोन्टेनेग्रोका प्रधानमन्त्रीलाई धकेले (भिडियो सहित)
ट्रम्पले मोन्टेनेग्रोका प्रधानमन्त्रीलाई धकेले (भिडियो सहित)
[embed]https://youtu.be/Iimj0j4NYME[/embed]
शारीरिक हाउभाउ तथा अनौठो व्यवहारका लागि परिचित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मोन्टेनेग्रोका प्रधानमन्त्रीलाई धकेलेको अहिले खुबै चर्चित भइरहेको छ ।
बेल्जियमको राजधानी ब्रसेल्समा नाटो मुलुकका नेताहरूसँगको बैठकमा ट्रम्पले यसरी धकेलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा ट्रम्पले मोन्टेनेग्रोको प्रधानमन्त्रीलाई पछाडिबाट हलुका धकेलेको देखिन्थ्यो । ट्रम्पले अरू नेताहरूभन्दा अघि देखिनका लागि आउँदा धकेलेका हुन् ।
यो घटना हुँदाखेरी नेताहरू यताउता हिँडिरहेका थिए । यही क्रममा ट्रम्पले अचानक अगाडि आउने कोशिश गर्दा मोन्टेनेग्रोका प्रधानमन्त्री डस्को मार्कोविचको काँधमा हात हालेर धकेले अनि अघि बढे ।
ट्रम्पको यस्तो क्रियाकलाप देखेर मार्कोविच पनि अचम्ममा परे तर कुनै प्रतिक्रिया दिएनन् । अरू नेताहरू पनि यस्तो अवस्थामा सहज देखिने प्रयास गर्दैथिए ।
ट्रम्पले यसअघि ह्वाइट हाउसमा जर्मन चान्सलर अंगेला मर्कलसँग हात मिलाउन नचाहेको भिडियो देखिएको हो । अनि उनकी पत्नी मेलानियाले इजरायलमा उनको हात झड्कारेको पनि देखिएको थियो ।