एजेन्सी/आरियाना ग्रान्डेले सोमबार राति म्यान्चेस्टर एरिनामा आयोजित आफ्नै कन्सर्टमा भएको बम विस्फोटबारे टिप्पणी गरेकी छन् । उनले सामाजिक सन्जाल आफ्नो ट्वीटरबाट घटनाबारे टिप्पणी गरेकी हुन् ।
‘भित्री मनदेखि नै क्षतविक्षत भएकी छु । मलाई माफ गरिदिनुहोस् । मसँग शब्द नै छैनन्,’ पुलिसले मृतक र घाइतेको संख्या पुष्टि गरेपछि ग्रान्डेले ट्वीट गरिन् ।
चिफ कन्स्टेबल इयान होप्किन्सले उक्त धमाका स्थानीय समयनुसार १०ः३३ मा भएको हो । ग्रान्डेको ‘डेन्जरस वुमन शो’ को टिकट अफिसनजिकै उक्त बम विस्फोट भएको थियो ।
‘यसबारे बिस्तृत जानकारी नआएसम्म हामीले यसलाई आतंककारी हमलाको संज्ञा दिएका छौं,’ होप्किन्सले पत्रकार सम्मेलनमा भने । ‘घाइतेहरुको ६ वटा अस्पतालमा उपचार भइरहेको छ । हामीले उहाँहरुको सक्दो सहयोग गरिरहेका छौं ।’
‘आरियाना सुरक्षित छिन्,’ उनका एक प्रतिनिधीले जानकारी दिए, ‘घटनाबारे थप जानकारी लिनेक्रममा छौं ।’