पाँचथर/पाँचथर सदरमुकाम फिदिममा पनि यमाहा कम्पनिको शोरुम स्थापना भएको छ । पशुपति वर्कशप एण्ड रिकण्डिसन हाउसले सञ्चालनमा ल्याएको सोरुमको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । उक्त शोरुममा यमाहा कम्पनिबाट निर्मित सम्पूर्ण प्रकारका मोटरसाइकल सूपथ मूल्यमा उपलब्ध हुने बताइएको छ । कार्यक्रममा पशुपति वर्कशप एण्ड रिकण्डिसन हाउसका प्रोपाइटर गर्जमान नेम्बाङले यामाहा कम्पनिका मोटर साइकलहरुको बारेमा प्रकाश पारेका थिए । अन्य मोटरसाइकलहरुको तुलनामा यमाहा कम्पनिका गाडिहरु गुणस्तरीय तथा सस्तो हुने नेम्बाङले बताए । सोही अवशरमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेले पाँचथरमै पहिलो पटक यामाहा सोरुम विस्तार हुनु जिल्लाबासीको लागि खुसीको कुरा भएको भन्दै बधाई तथा शुभकामना दिएका थिए ।