काठमाडौं /केही साता देखि घटिरहेको सुनचाँदीको मूल्य, गत साता भने वृद्धि भएको छ । साताको पहिलो दिनको तुलनामा अन्तिम दिन सुनको मूल्य रू. १ हजार २ सयले बढेको छ । सोमवार रू. ५३ हजार ३ सयमा किनबेच भएको सुन स्थानीय वस्तु बजारको अन्तिम दिन शुक्रवार बढेर रू. ५४ हजार ५ सयमा किनबेच भएको हो । साताको अन्तिम दिनमा सुन प्रतिऔंस १ हजार २ सय ५० दशमलव ६२ डलरमा किनबेच भएको छ । त्यस्तै, डलरसँग नेपाली मुद्राको विनिमयदर प्रति अमेरिकी डलर १ सय ३ रुपैँया ८३ पैसा रहेको छ । गत साता चाँदीको भाउ भने रू. १० ले बढेको हो ।
मङ्गलवार मूल्य ५ सयले बढेर रू. ५३ हजार ५ सय पुगेको थियो । बुधवार पुनः मूल्य २ सयले बढेको थियो । बिहीवार सुनको मूल्यमा रू. १ हजारको वृद्धि भएको थियो । सो दिन सुनको मूल्य रू. ५४ हजार ७ सय पुगेको हो । शुक्रवार सुनको मूल्य रू. २ सयले घटेर रू.५४ हजार ५ सयमा किनबेच भएको थियो । आइतवार रू. ७ सय ४०मा किनबेच भएको चाँदीको मूल्य साताको अन्तिम दिन बढेर रू. ७ सय ५० पुगेको हो ।