विदेशबाट नेपालमा पैसा पठाउनुलाई रेमिट्यान्स भनिन्छ । रेमिट्यान्स पठाउने धेरै तरिकाहरू छन् । दुख गरेर कमाएको पैसा राम्रोसँग नेपाल ल्यानुको लागि विभिन्न कुराहरूमा ध्यान दिनुपर्छ । ती कुराहरू निम्नानुसार छन् । पैसा पठाउनुभन्दा पहिला कती र किन र कसको नाममा पठाउने भन्ने कुरा निश्चित गर्ने । यदि विदेशको बैंकबाट पैसा निकालेर पठाउनुपर्ने छ भने त झनै यो कुरा थाहा नपाई हुँदैन । बैंकबाट पैसा निकाल्दा रातीको समयमा निकाल्नु हुँदैन । यस्तै पैसा निकालेर कतै काममा पनि निस्किनु हुँदैन । सकेसम्म आफूले विस्वास गरेको कोही साथी लिएर जाँदा राम्रो हुन्छ । कतिपयले भोलिपल्ट पैसा पठाउनलाई अघिल्लो दिन रातीनै निकालेको कारणले राती चोरी हुने गरेको पनि पाइएको छ । पैसा पठाउँदा जहिल्यै पनि इजाजत पाएका कम्पनीहरूबाट मात्र पठाउनुपर्छ । हुण्डी तथा साथीभाईलाई पठाउने तरिकाहरू झट्ट हेर्दा छिटो लागेपनि त्यसमा जोखिम धेरै हुन्छ । पैसा पठाउन लागेको तथा पठाएको जानकारी घरमा गराउनुपर्छ । पठाउन लागेको व्याक्तिको नाम तथा अन्य विवरण राम्रोसँग भर्नुपर्छ  । पैसा पठाउनुभन्दा पहिला एक्सेन्ज रेट कती छ भन्नेकुरा ध्यान दिनुपर्छ । पैसा पठाउँदाको रसिद वा कोड नम्बर सुरक्षित राख्नुपर्छ । नेपालमा पैसा प्राप्त भएन भने पुन: गएर दाबी गर्न काम लाग्छ प्रायजसो मानिसहरू रेट बढेको बेलामा पठाउने गर्छन् । पैसा पठाईसकेपछि तपाईलाई रेमिट्यान्स कम्पनीहरूले गोप्य नम्बर दिन्छन् । उक्त नम्बर घरमा भएका मान्छेलाई पठाईदिएपछी उनीहरूले पैसा निकाल्न सक्छन् स्रोत : वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका विभिन्न व्यक्तिहरूसँग गरिएको कुराकानीमा आधारित