धरान/युनिभर्सल आइकन–२०१७ को अडिसनपछिको पहिलो राउण्ड सुरु भएको छ । धरानको रत्ना इन होटलमा भएको पहिलो राउण्डबाट उनीहरुको ‘गायन तथा नृत्य’ को आधारमा नम्बर प्रदान गरिने छ । पूर्वको विभिन्न सहरमा लिइएको अडिसनबाट गायन र नृत्यमा ३०–३० जना छनौट भएका छन् । उनीहरुलाई पहिलो राउण्डमा प्रस्तुती मात्रै नियालिने आयोजक टप युनिभर्सलका निर्देशक प्रकाश लकान्द्रीले बताए । दोस्रो राउण्डदेखि छनौट चरण सुरु हुने छ । प्रतियोगिताको ग्राण्ड फाइनलसम्म आइपुग्दा पाँचौं राउण्डसम्म गराइने छ । टप ३ लाई फाइलनमा सहभागी गराइने छ । पहिलो राउण्डमा गायनमा सिर्जन नेपाल र नृत्यमा आइस्वर लिम्बू निर्णायक थिए । उनीहरुले नृत्य तथा गायनको आधारमा अङ्क दिएका थिए । यसपटकदेखि आइकन पूर्वको विर्तामोड, दकम, इटहरी, इनरुवा र धरानमा अडिसन लिइएको थियो । माध्यामिक शिक्षा परीक्षा –एसईई) दिएर बसेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गतवर्षबाट टप युनिभर्सलले कार्यक्रम गर्दै आइरहेको छ । यसलाई देशव्यापी रुपमा बनाउनको लागि तयारीमा आयोजक लागेको छ ।