धरान/विष्णु उच्चमाविकी निशाम लिम्बूले टेष्टी टेष्टी मिस एसईईको ताज जितेकी छन् । [caption id="attachment_42578" align="alignnone" width="1300"] तस्बिरः भाेजराज श्रेष्ठ[/caption] धरान–८ स्थित सभागृहमा शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा ३२ स्पर्धीलाई पछि पार्दै ताज जितेकी हुन् । ताज जितेकी उनलाई अघिल्लो मिस एसएलसीकी विजेता प्रमु गुरुङले ताज पहिर्याइन् । उनले नगद ३५ हजारसहित धरान उच्च माविमा सतप्रतिशत छात्रवृति प्राप्त गरेकी छन् । मिस नेपाल २०१४ की सुविन लिम्बूले ‘धरानलाई शान्तिपूर्ण, दुव्र्यसनरहित बनाउनको लागि वकिल, पत्रकार, प्रहरीहरुलाई के सुझाव छ ?’ भनेर सोधिएको प्रश्नको सटिक उत्तर दिदै लिम्बूले ताज जितेकी थिइन् । त्यस्तै अनिला क्षेत्री फष्ट रनर अप बनिन् । उनले नगद ३० हजार रुपैयासहित क्राउन, धरान उच्चबाट प्लस टुमा ५० प्रतिशत छुटमा अध्यापन गर्ने मौका प्राप्त गरिन् । अनिला मिस फोटोजेनिकसमेत भइन् । त्यस्तै लिसारा थापा मगर सेकेण्ड रनर अप बन्दै नगद २५ हजार रुपैयासहित क्राउन, २५ प्रतिशत छुटमा धरान उच्चमै अध्यापनको अवसर प्राप्त गरेकी छन् । ३३ जना फाइनल राउण्डमा स्पर्धा गरेका थिए । जसमा ताज जितेकी लिम्बूले बेष्ट ड्रेसको टाइटलसमेत हात पारिन् । टाइटल विधामा मिस डिसिप्लिनमा श्रद्धा लिम्बू, मिस फ्रेण्डसिपमा प्रिति लिम्बू, मिस व्युटिफुलमा निशा लिम्बू, मिस एक्टिभ र वेष्ट वर्क विनु प्रधान, वेष्ट पर्सनालिटी समिक्षा थेवे लिम्बू, र मिस चार्मिङमा इग्लाम राईले जितेका छन् । स्पर्धीहरुलाई सुविनका अलवा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. पशुपति चौधरी, डा. अर्पणा रिजाल, धरान उच्चका प्रिन्सिपल ताराबहादुर निरौला, शिक्षासेवी प्रा.डा. भीम खतिवडाले निर्णायकको भूमिका निर्वाह गर्दै टप १०, टप ६ मा छनौट गरेका थिए । विजेता, उपविजेताहरुलाई आयोजक धरान जेसिज वर्ष २०१७ का अध्यक्ष सन्दीप शाक्य, क्रिएटिभ डाइरेक्टर मोहन श्रेष्ठ, क्वालिटी फुड प्रडक्टका प्रमुख श्याम काब्रा, जेसिज संस्थापक श्यामगोविन्द श्रेष्ठलगायतले पुरस्कार विरतण गरेका थिए । कार्यक्रममा अर्जुन घिमिरे, जोन राई र सावेला राईले गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको बीचबीचमा गरिमा डान्स सेन्टरका कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।