इटहरी/ हुण्डाई कम्पनीको गाडीले प्रदेश नम्वर एकमै पहिलो पटक विराटनगरमा अत्याधुनिक शोरुम खोलेको छ । सो शो रुम बिहिबारबाट सञ्चालमा आएको हो ।
रोयल अटो वल्र्ड नाममा सञ्चालमा आएको उक्त नया शोरुमको कम्पनिका अध्यक्ष भिम पौडेलले उदघाटन गरेका छन् । सो क्रममा अध्यक्ष पौडेलले हुन्डाइ गाडिका पारखीहरुका लागि शोरुम सञ्चालन भएपछि सरल र सहज रुपमा सेवा प्राप्त गर्न सक्ने बताए । हुन्डाइको नेपालका लागि अधिकारीक विक्रेता लक्ष्मि इन्टरकन्टिनेन्टल प्रालिका सेल्स मेनेजर रुपेश शर्मा भट्राईले आप्mनो कम्पनीले सोचे अनुसारको शोरुम प्राप्त गरेको भन्दै रोयल अटो वल्र्डले उत्कृष्ट सेवा दिने दावी गरे ।
थ्रि एस, अर्थात सेल्स, सर्भिस र स्पेयर्स एण्ड पार्टस सहितको सुविधा उपलब्ध गराउने उदेश्यले रोयल अटो वल्र्डको सञ्चालनमा ल्याइएको सञ्चालक बिनोद पौडेलले बताए । करिव ५ करोड लगानीे उक्त शोरुमको सञ्चालनमा आएको बताइएको छ । अन्य कम्पनिका गाडिहरु भन्दा थप सुबिधा एवम माइलेज बढि समेत हुने र अत्यन्तै आर्कषक बनावट समेत भएका कारण हुण्डाइ गाडिमा उपभोक्ताहरुको आर्कषण रहेको कम्पनीको दावी छ ।