काठमाडौं/ साताको पहिलो दिन आज सुनको भाउ घटेको छ । आज एकै दिन तोलामा ५ सय रुपैयाँले घट्दा प्रतितोला ५४ हजार ४ सय रूपैयाँमा सुनको कारोबार भइरहेको छ ।

यसअघि साताको अन्तिम दिन सुन तोलाको ५४ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मुल्य पनि आज घटेको छ ।

आज चाँदी तोलाको ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि साताको अन्तिम दिन चाँदि ८ सय १० रूपैयाँमा कारोबार भइरहेको थियो ।