झुटो बोल्नु गलत कुरा हो । तर कहिले काही झुटो बोल्दा तपाँई हामीलाइृ धेरै फाईदा पनि हुन्छ । यदि कुनैपनि कुरा झुट बोल्दा त्यसमा राम्रो फल वा फाईदा जोडीएको छ भने झुट बोल्दा केहि पनि फरक पर्दैन । बिशेषगरि अफिसमा यी कुरामा झुट बोल्नु भयो भने तपाईको प्रगती हुन्छ ।

प्रोजेक्टको बारेमा यदि अफिसमा कुनै राम्रो प्रोजेक्ट तपाईको भागमा परेको छ भने त्यसलाई हातबाट जान नदिनुहोस् । त्यस प्रोजेक्टका बारेमा यदि तपाईलाई केहि पनि आउँदैन ? नआत्तिनुहोस् । मलाई केहि आउँदैन भनेर हाकीम वा सिनियरलाई नभन्नुहोस् । तपाई त्यस प्रोजेक्टलाई कसरी गर्न सकिन्छ एकदम डण्डा दिमागले सोच्नुहोस् त्यसका बारेमा सर्च गर्नुहोस् । तपाईले यसो गर्दा सिनियरको विश्वास गर्न थाल्नेछन् । यसका साथै तपाईको कन्फिडेन्ट्स पनि बढ्ने छ तपाईमा जे पनि गर्न सक्छु भन्ने आँट आउने छ ।

पुरानो हाकीमको बारेमा यदि तपाईलाई नयाँ जागीरको अन्र्तवार्ताका क्रममा तपाईको पुरानो हाकीमको बारेमा सोधीयो भने नराम्रो नभन्नु होस् । पहिलेको हाकीममा जतिसुकै नराम्रो बानी बेहाराको भएपनि उसको बारेमा राम्रो कुरा गरिदिनुहोस् । किन की राम्रो बोेलेर हामीलाई केहि पनि घाटा हुदैन । पहिलेको हाकीमबाट धेरै कुरा सिकेको छु र यहाँबाट पनि धेरै सिक्न चाहान्छु भन्नुहोस् । यस्तो कुराले राम्रो प्रभाव पर्नेछ ।

कामको बारेमा यदि तपाई आफूले गरिरहेको कामबाट खुसी हुनुहुन्न भनेपनि यस बारेमा आफ्ना सहकर्मीहरुलाई नभन्नुहोस् । बरु आफू यस कामबाट खुसी भएको कुरा गर्नुहोस् । यस्तो झुट बोल्नाले तपाँईका सहकर्मीमा नकरात्मक असर पर्दैन । उनीहरु राम्रोसँग काम गर्छन् ।

तलबको बारेमा कुनै नयाँ कम्पनीमा तपाईसँग तबल सोधिन्छ भने धेरै भन्नुहोस् । यस्तो अवस्थामा झुटो बोले केहि पनि घाटा हुदैन । उल्टो तपाईलाई फाईदा हुन्छ । यदि तपाइले माग अनुसारको तलब पाउनु भएन भनेपनि केहि फरक पर्दैन । र पाउनु भयो भने तपाईकै लागी राम्रो । तपाइको माग अनुसारको पैसा कम्पनिले दिन नसकेपनि यसबाट तपाईको आत्मविश्वास झल्कीन्छ । आफ्नो मागपछि तपाई सोध्न सक्नुहुन्छ ,कम्पनिले तपाईलाई कती दिन सक्छ ।