एजेन्सी/संसारमा सुरक्षापछि सबभन्दा बढी पैसा विज्ञापनमा खर्च हुन्छ । विज्ञापन गर्ने धेरै तरिका छन् जसमा टिभी विज्ञापन सबभन्दा प्रभावकारी मानिन्छ । परिवारसँग बसेर टिभी कार्यक्रम हेरिरहनुभएको बेलामा ब्रेक आउँछ नि । त्यतिखेर विज्ञापन बज्छन् । त्यस्ता विज्ञापनको मूल्य कति होला भन्ने तपाईंमा जिज्ञासा होला ।
टिभीमा विज्ञापन देखाउनका लागि फिक्स्ड रेट छैन तर यहाँ सबै कुरा १० सेकेन्डको हिसाबमा चल्छ । दश सेकेन्डको विज्ञापन बजाउन न्यूनतम पनि एक लाख रुपैयाँ लाग्छ । अठार सेकेन्डका लागि एक लाख असी हजार र सात सेकेन्डका लागि ७० हजार रुपैयाँ लाग्छ । तर विज्ञापन कम्पनीहरू आआफ्नो हिसाबले रेट परिवर्तन गर्छन् ।
प्रायः बिहान ७ देखि १० बजेसम्मको समय सस्तो हुन्छ किनकि यतिखेर कमै मानिसले टिभी हेर्छन् । यतिखेर विज्ञापन चलाउँदा कम रेटमा काम चल्छ ।
तर न्युज च्यानलहरूमा बिहान विज्ञापन देखाउँदा पैसा धेरै लाग्छ किनकि धेरै मानिसहरू बिहान र बेलुका न्युज च्यानल हेर्छन् ।
बेलुका ८ देखि ११ को प्राइम टाइममा विज्ञापन बजाउनु चाहिँ असाध्यै महंगो पर्छ ।
लोकप्रिय च्यानलहरूले विज्ञापनको पैसा धेरै लिन्छन् । भारतको कुरा गर्दा द कपिल शर्मा शोमा विज्ञापन बजाउनका लागि ३० सेकेन्डको १५ देखि २० लाख भारु न्यूनतम खर्च गर्नुपर्छ ।
अहिले त आईपीएल चलिरहेको छ । । यस्तो म्याच पाँच करोड मानिसले हेरिरहेका छन् भने तपाईंले च्यानललाई १० लाख भारु दिनुभयो रे । यसो गर्दा तपाईंको कम्पनीले जम्मा दुई पैसामा आफ्नो उत्पादनको जानकारी एक व्यक्तिसम्म पु–याउन सक्नुहुन्छ । यसलाई राम्रै सौदा मान्नुपर्छ किनकि ब्रान्डिङमा असाध्यै धेरै खर्च हुन्छ ।