काठमाडौं/ अाज बिहीबार सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । बुधबार प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भएको सुन आज एक सयले घटेर ५४ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ४ सय रुपैयाँ बढेर ५४ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै, बुधबार फेरी तोलामा एक सय रुपैयाँ बढेर ५५ हजार रुपैयाँ पुगेको थियो । महासंघका अनुसार यो साता सुनको भाउमा उत्तरचढाव आइरहेको छ । यस्तै आज चाँदी भाउ पनि तोलामा ५ रुपैयाँ घटेर ८ सय १० रुपैयाँमा कारोवार भएको छ ।