काठमाडौं/ नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ बढेर ५४ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुन बुधबार फेरि तोलामा एक सय रुपैयाँ बढेर ५५ हजार रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको भाउमा उत्तरचढाव देखिएको छ ।

यस्तै आज चाँदी भाउ भने कुनै परिवर्तन आएको छैन । अघिल्लो दिन चाँदी प्रति तोला १० रुपैयाँ वढेर प्रतितोला ८ सय १५ रुपैयाँमा कारोवार भएको थियो । साताकोे दोस्रो दिन सोमबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँ घटेको थियो ।

आइतबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ सोमबार घटेर प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।