नयाँदिल्ली/ भारतकी विदेशमन्त्री सुष्मा स्वराजले साउदी अरबबाट २९ जना भारतीय कामदारलाई भारत सरकारले उद्धार गरेको बताएका छन् ।

उद्धार गरिएकालाई आआफ्नो घरमा पठाइएको पनि उनले जानकारी दिए ।

“हामीले साउदी अरबबाट २९ जना कामदारलाई उद्धार गरेका छौँ, उनीहरुको उडान टिकट पनि हामीले नै काटिदिएका छौँ,” स्वराजले ट्विटरमा लेखेका छन् ।

ती २९ जना कामदारलाई साउदी अरब सरकारले नियन्त्रणमा लिइएको बारेमा गत हप्ता मन्त्री स्वराजले साउदी अरबका राजदूत अहमद जाभेदसँग कुराकानी गरी मुक्त गर्न आग्रह गरेका थिए ।

भारतको दक्षिणी राज्य तेलङगनाबाट ठुलो सङ्ख्यामा वैदेशिक रोजगारीका लागि साउदी अरब जाने गर्दछन् ।

सिन्ह्वा