सोल/ दक्षिण कोरियाकी अपदस्त राष्ट्रपति पार्क गेउन हे बिहीबार फेरी अदालतमा देखिएकी छिन् ।
भ्रष्टाचार गरेको र शाक्तिको दुरुपयोग गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गर्न सक्ने संभावना भएपछि उनी सुुनुवाईका लागि अदालतमा उपस्थीत भएकी छिन् ।
सोलको जिल्ला अदालतमा उपस्थीत हुदा उनी निकै भयभित, फिक्का र उत्साहहिन देखिएका थिए ।
उनको प्रतिक्रिया लिन अदालत परिसरमा उनको प्रतिपक्षमा बसेका सञ्चारकर्मीहरुले पटक पटक प्रतिक्रियाका लागि बोल्न आग्रह गर्दा पनि उनले अस्विकार गरे ।
दक्षिण कोरियाको राष्ट्रपतिबाट नाटकिय तरिकाले बहिरिने उनी एक मात्र व्यक्ति छिन् । उनले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको भन्दै दक्षिण कोरियामा लामो समय उनका विरुद्धमा प्रदर्शन सहितको आन्दोलन भएको थियो ।
उनलाई केही हप्ता अगाडी मात्रै अदालतले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको ठहर सहित पदमुक्त गराएको थियो ।
यसरी महाअभियोग लागेर पदमुक्त हुने उनी दक्षिण कोरिएको पहिलो व्यक्ति भएका छन् ।
संवैधानिक अदालतले पदमुक्त भएको फैसला गरेको दुइदिनमा उनले राष्ट्रपति कार्यालय खाली गरेका थिए ।
एएफपी