एजेन्सी/ ट्रम्पमाथि अभियोग लाग्ने छ र उनी सत्ताबाट हट्ने स्थितिको नजिक छन् । यो विषयले अमेरिकामा खैलाबैला मच्चिएको छ। संसारभर ट्रम्को कार्यकाल अल्पायुमै तुहिने चर्चा झनै चुलिएको छ।
‘ट्रम्पका सहयोग र निकटका मान्छेले मात्रै हैन स्वयं राष्ट्रपति ट्रम्पले अभियोग सामना गर्ने दिन आउँदैछ र ट्रम्प सडकमा आउन सक्नेछन्।’ उनले भनेका छन् ‘यो विषय खेल नै उल्टाउने गरि अगाडि आउन सक्नेछ। ट्रम्प ह्वाइटहाउसबाट हट्ने छन्।’
ट्रम्पको प्रशासनबाट चुहिएको सूचना अमेरिकी राष्ट्रपति ट्रम्पका लागि घातक हुने देखिएको छ। नेशनल सेक्युरिटी एजेन्सीका पूर्व विश्लेषक जोन शिन्डलरले चेतावनी दिएका छन् कि यदि यो मामलामा ट्रम्प माथि अभियोग लगाउने हो भने ट्रम्पले ह्वाइट हाउस छाड्नु पर्नेछ।
राष्ट्रपति चुनावमा ट्रम्पको चुनावी अभियान्ताहरूको क्याम्पले रूससँग मिलेर चुनावमा धाँधली गरेर आरोप छ। एफबिआइले यस आरोप माथि जाँच गरिरहेको छ र ट्रम्पले अभियोगको सामना गर्नु पर्ने स्थिति आउँदैछ।
विश्लेषक शिन्डलरले एक रेडियोमा अन्तरवार्ता दिदै चेतावनी दिएका छन्–‘ट्रम्पका लागि अप्ठेरो समय आउनेवाला छ।’ शिन्डलर यूएस सिक्युरिटी एक्सपर्ट हुन। उनी काउन्टर इन्टेलिजेन्स अफिसर पनि थिए। ‘ट्रम्पका सहयोग र निकटका मान्छेले मात्रै हैन स्वयं राष्ट्रपति ट्रम्पले अभियोग सामना गर्ने दिन आउँदैछ र ट्रम्प सडकमा आउन सक्नेछन्।’
शिन्डलरले एफबिआइको अनुसन्धान, सदनको कारवाही र एक संभावित स्वतन्त्र छानविन आयोगमार्फत ट्रम्पलाइ हटाउन सकिने बताएका छन्। ट्रम्पका बारेमा प्रप्त सूचनाहरूले ट्रम्प बच्न नसक्ने र उनका विपक्षीले नछाड्ने स्थिति आएको उनले बताए।
ट्रम्पको टिम र रूसी एक्सपर्टबीचमा चुनावमा सहकार्य भएका प्रमाणहरूको खोजी भैरहेको र त्यसमा ट्रम्पले धक्का पाउने खालका विवरणहरू पनि फेला परेका भन्दै ति विवरणहरू सार्वजनिक हुँदाको घडीमा ट्रम्पले सत्ता छाड्न पर्ने सञ्चारमाध्यमले उल्लेख गरेका छन्।