क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोका साथ एक उच्च तहको बैठकमा सहभागि भएकी अमेरीकी राष्ट्रपति डोनाल्ट ट्रंपकी छोरी इवान्काको फोटोले सामाजिक सञ्जालमा तहल्का पिटेको छ ।

सामाजिक सञ्जालमा इवान्का र क्यानडाका प्रधानमन्त्री दुबैको फोटो भाइरल बनेको छ ।

खासमा ट्रंपकी छोरी इवान्का प्रधानमन्त्री ट्रूडोको नजिक बसेकी थिइन् बैठकमा ।

धेरैजसो फोटोमा क्यानडाका प्रधानमन्त्रीलनाई इवान्काले हेरेको हेरेकै गरेको देखिएको छ ।

क्यानाडाका पीएम जस्टिन ट्रूडो अमेरिकामा थिए।

यही दौरानमा व्हाइट हाउसमा क्यानेडियन र अमेरिकी बिजनेस महिलाहरुको मिटिङ भइरहेको थियो ।

यो फोटोपछि ट्रंपका परिवारको सरकारमा कस्तो दख्खल छ भन्ने प्रष्ट देखिएको छ ।