ढाका/ बङ्गलादेशको बगेर्हात जिल्लामा पानगुची नदीमा मङ्गलबार बिहान भएको डुङ्गा दुर्घटनामा कम्ती तीन महिलाको मृत्यु भएको छ भने अन्य दर्जनौँ बेपत्ता भएका छन् ।

बङ्गलादेशको राजधानी ढाकाबाट करिब १७८ दक्षिणपश्चिममा पर्ने बगेरहाट जिल्लामा यो दुर्घटना भएको बताइएको छ ।

बङ्गलादेशको अग्नी नियन्त्रण तथा र नागरिक प्रतिरक्षा मन्त्रालयका उप नायब निर्देशक मसुद सर्दारले स्थानीय समयअनुसार बिहीबार विहान १०.३० मा डुङ्गा दुर्घटना भएको थियो ।

दुर्घटना भएको डुङ्गा ४०-५० जना यात्रु रहेका थिए । उनीमध्ये तीन महिलाको शव भेटिएको छ भने अरुको खोजी कार्य भइरहेको उद्धारकर्ताहरुले जनाएका छन् ।

यस्तै फिलिपिन्सको जम्बोआङ सहर नजिकै समुद्री छेउमा भएको एउटा डुङ्गा दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार सोमबार बेलुका ८.२० बजे डुङ्गामा विस्फोट भएको फिलिपिन्स सेनाले मङ्गलबार जानकारी दिएको छ ।