मन्डेरा (केन्या)/ सोमालियाको सीमा क्षेत्रमा पर्ने केन्याली सरह मेन्डेरा ग्रामीण इलाकामा भएको एक विस्फोटनमा परी कम्तीमा दुई बालबालिकाको मृत्यु भएको छ ।
सो विस्फोटनका परी एकको बालकको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
यस बम विस्फोटनका परी दुई बालबालिकाको मृत्यु भएको छ भने अन्य तीन व्यक्ति गम्भीर घाइते भएका छन् ।
सोमालियाको सीमानजिकै रहेको केन्याको मेन्डेरा, वाजिर र गरिशा र दडाब जिल्लामा अल शाबाब आतङ्ककारी समूहले कैयौँ आतङ्ककारी आक्रमण गरेको विश्वास गरिन्छ ।
-सिन्ह्वा