नयाँदिल्ली/ भारतको प्रमुख प्रतिपक्षी दलकी नेतृ सोनिया गान्धी स्वदेश फर्किएका छन् ।

स्वास्थ्य परीक्षणका लागि अमेरिका गएकी गान्धी बिहीबार राति अवेर स्वदेश फर्किएकाे अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

“नेतृ गान्धी आफ्ना छोरा राहुल गान्धीसँगै स्वदेश फर्किएका छन्, नेतृ गान्धीलाई लिन उनका छोरा राहुल केहीदिन अघि मात्रै अमेरिका गएका थिए । अमेरिका जाँदा सोनिया गान्धी एक्लै गएका थिए ।

नेतृ गान्धीले गत अगस्तमा निर्वाचनको प्रचारप्रसारका लागि विभिन्न ठाउँमा जाने क्रममा उत्तरी भारतको बाराणाशी शहरमा पुग्दा बिरामी परेका थिए ।

सोनिया हाल बाँकी भएका नेहरु र गान्धी परिवारका सदस्यमा सबैभन्दा उच्च व्यक्त छन् । गान्धी परिवारले सन् १९४७ भारत बेलायती उपनिवेशबाट स्वतन्त्रत भएदेखि शासन गर्दै आएको थियो ।

उनको पार्टीले गत सन् २०१४ मा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीसँग आम निर्वाचनमा पराजित भएको थियो ।

-सिन्ह्वा