काठमाडौं/ सुनको भाउ सात सय रुपैयाँ तोलाले महङ्गिएको छ । मङ्गलबार दुई सय रुपैयाँले झरेको सुनको भाउ भोलिपल्टै बुधबार सात सय रुपैयाँले बढेर ५४ हजार ९०० रुपैयाँ पुगेको हो ।

चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ । ७ सय ८५ रुपैयाँमा चाँदीको भाउ आएको छ । अमेरिकी डलरको मूल्य पनि झरिरहेको छ । मङ्गलबार एक अमेरिकी डलरको खरीद मूल्य १०४ दशमलव ३४ रहेकोमा बुधबार १०४ दशमलव १६ कायम भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।