
एजेन्सी/ बेलायती राजकुमार प्रिन्स ह्यारीले नेपाल र बेलायतबीचको मित्रता मुटुको टुक्रा भएको बताएका छन्। नेपाल र बेलायतबीचको मित्रता २००औ वर्ष पार गरेको उपलक्ष्यमा नेपाली दूतावासले गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
राजकुमार ह्यारीले भने, ‘नेपाल बेलायतको अभिन्न मित्र मात्र नभएर मेरो लागि मुटुको टुक्रा हो। नेपालको नागरिकसँग मेरो व्यक्तिगत रुपमै साइनो गाँसिएको छ। मलाई नेपाल र नेपालीप्रति अगाध माया छ।त्यसकारण मेरो लागि आजको दिन विशेष दिन हो। यसलाई सधै सुमधुर कायम राखिराखौं।’
कार्यक्रममा उनले गोर्खा सैनिक र ब्रिटिस आर्मीमा आउन चाहने नेपाली सेना तथा गोर्खा भिक्टोरिया क्रसका आफन्तसँग भेटघाटसहित सामूहिक तस्बिर खिचाएका थिए।साथै उनले नेपाली परम्परागत नृत्य समेत हेरेका थिए।