एजेन्सी/समुद्र अझैसम्म पनि सहस्यमय नै छ। समुद्रभित्रको दुनिया निकै फरक हुन्छ जसले मानिसहरुको ध्यान बेलाबेलामा आकर्षित गर्ने गर्छ। हालै डेभोन इङ्ग्ल्याण्डमा भेटिएको यो विशाल जीवको फोटोले धेरैको ध्यान तानेको छ। इन्टरनेटमा यो विशाल जीवको फोटो निकै भाइरल भएको छ।

यसलाई देखेपछि यो कस्तो जीव हो भन्ने विषयमा धेरै चकित परेका छन्। केहीले यसलाई बलीन ह्वेल भनेका छन्।
एक्सपर्टहरुले भने यसलाई फिन ह्वेल भएको बताएका छन् जसको मृत्यु करिब १ हप्ता अघि भएको थियो। केही दिन पहिले एक व्यक्ति हर्टल्याण्ड क्वेमा समुद्र किनारमा घुमिरहेका थिए त्यही बेला उनको नजर यो विशाल जीवमा पर्यो। जीवका एक्सपर्ट रब डेभिलका अनुसार एक वर्षभित्र करिब ६ वटा मरेका फिन ह्वेल भेटिइसकेका छन्।