शनिश्चरे/ मोरङको सबैभन्दा बढी शेयर सदस्य रहेको पथरीशनिश्चरेस्थित मनकामना सहकारी संस्थाको मुस्ताङसम्मको एक साताको सहकारी अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्य गरी ६० जनाको टोलीले कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङसम्मको सहकारी अवलोकन भ्रमण गरेको छ । सो अवसरमा ती क्षेत्रका सफल सहकारी संस्था, ऐतिहासिक, पर्यटकीय र धार्मिक महत्वका क्षेत्रहरुको समेत अवलोकन गरेको हो ।

जस अन्तर्गत नमूना सहकारीका रुपमा रहेका म्याम्दीको बेनीस्थित सीवाईसी र दिदी वहिनी सहकारी संस्थाको अवलोकन गरी त्यहाँ भएका नौला र जीवनउपयोगी सहकारी अभियानका बारेमा जानकारी प्राप्त भएको छ । सहकारीका एकापसका अनुभव साटासाट भएको थियो ।

सफल सहकारीहरुका प्रगतिका बारेमा आफ्ना शेयर सदस्यलाई जानकारी गराउँदै आफ्नो ठाउँमा समेत थप सफलता हाँसिल गर्न भ्रमण आयोजना गरिएको संस्थाका अध्यक्ष युवराज भट्टराईले जनाए ।

०५४ मा स्थापित ६ हजार जना शेयर सदस्य रहेको सो सहकारी आर्थिक प्रगतिको एशियाली मापदण्डका लागि एक्सिस ब्रान्डिङको प्रक्रियामा गएको छ ।

यसले पछिल्लो १ वर्षमा २ करोड ९३ लाख ५६ हजार ४ सय ८१ रुपैयाँ आम्दामी गर्न सफल भएको छ । जसबाट कर कटाएर शुद्ध वचत ३० लाख रहेको छ । त्यसको ४ दशमलव ५ प्रतिशत लाभांस वितरण गरेको छ ।

संस्थामा १७ प्रकारका वचत र १७ प्रकारका ऋण सेवा छन् । नव दुलही स्वागत कार्यक्रम, निशुल्क रगतको सिफारिस, मोवाइल बैंकिङ सेवा, बाल बचतकर्ताका लागि जन्मदिन उपहार कार्यक्रम नौलो खालको छ । सदस्य राहत सहित एम्बुलेन्स सेवा सञ्चालनमा छ ।