काठमाण्डौ/ आज सुनको भाउ बढेको छ । आज सुन तोलामा एकै पटक ७ सय रुपैयाँले बढ्दा तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि हिजो सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

आज चाँदी प्रतितोलामा ५ रुपैँयाले बढ्दा तोलाको ७ सय ८५ रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।