काठमाडौं/ माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्स यो वर्ष पनि संसारका सबैभन्दा धनी व्यक्ति घोषित भएका छन् । फोर्ब्स पत्रिकाले प्रतिवर्ष जारी गर्ने सूचीमा गेट्स नै शीर्ष स्थानमा रहेका हुन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चाहिँ २२० स्थान झरेर ५४४औं स्थानमा आइपुगेका छन् ।
गेट्सको सम्पत्ति ८६ अर्ब डलर निर्धारण गरिएको छ र उनी लगातार चौथो वर्ष लिस्टमा शीर्ष स्थानमा छन् ।
दोस्रो स्थानमा बर्कशायर हाथवेका प्रमुख वारेन बफेट छन् । उनको सम्पत्ति ७५।६ अर्ब डलर आँकिएको छ ।
तेस्रो नम्बरमा चाहिँ अमेजनका जेफ बेजोस रहेका छन् ।
फोर्ब्सका अनुसार संसारमा अर्बपतिहरूको संख्या १३ प्रतिशतले बढेको छ । अहिले यो संख्या दुई हजार ४३ पुगेको छ ।
अमेरिकामा सबभन्दा धेरै अर्बपतिहरू छन् । त्यहाँ ५६५ अर्बपति छन् भने चीनमा ३१९ र जर्मनीमा ११४ अर्बपति छन् ।