नयाँदिल्ली/ भारतको छत्तिसगढ राज्यमा आइतबार भएको गोली हानाहानमा परी ६ जना नक्सालवादीको मृत्यु भएको छ भने, अरु दुई जना प्रहरी घाइते भएका छन् । छत्तिसगढको राईपुर देखि ३५० किलोमिटर दक्षिणतर्फ पर्ने दन्तेवाडा जिल्लामा घटना भएको प्रहरीले जनाएको छ । “आज घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ, घाइते प्रहरीहरुको उद्धारगरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ,” एक प्रहरी उच्च अधिकारीले भने । उनले त्यस क्षेत्रमा प्रहरीले खोजी अभियान चलाएको पनि जानकारी दिए । भारतका विभिन्न ठाउमा हिंसात्मक गतिविधि र विद्रोह गरिरहेका नक्सालवादीहरुलाई माओवादी पनि भन्ने गरिन्छ । पश्चिमी बङगाल राज्यको नक्सालबारी गाँउबाट उनीहरुले १९६७ मा विद्रोही र हिंसात्मक गतिविधि सुरु गरेका हुन् । अहिले मध्य र पूर्वी भारतका धेरै जिल्लाहरुमा माओवादी गतिविधि भईरहेको छ । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले नक्सालवादीहरुको गतिविधिलाई भारतको सवै भन्दा ठूलो आन्तरिक सुरक्षा चुनौतीका रुपमा व्यख्या गरेका थिए । गत हप्ता मात्रै भारतको सुकम जिल्लमा नक्सालवादीहरुको थापेका एम्बुसमा परी १२ जना प्रहरी मारिएका थिए । सिन्ह्वा