काठमाडौं/भारत  लखनउसँगै जोडिएको उन्नाव जिल्लाको बलदेब खेडा गाउँमा भएकाे  बलात्कारको गम्भीर घटना बाहिर अाएकाे  छ । श्राेतका अनुसार पिडकका भार्इले महिलाकाे दुबै अाँखासमेत फुटाइलदिएका छन् ।  अभियुक्तका परिवारले  युवतीकाे परिवारलार्इ बारम्बार केस  फिर्ताकाे दवाव दिएका  थिए । उत्तर प्रदेश प्रहरी महानिर्देशक जावीद अहमदले लखनउमा पत्रकार सम्मेलनमा भने ,याे घटना धेरै गम्भीर छ , अाराेपीलार्इ चाडै पक्राउ गरी सजाय दिइन्छ ।’  १९ वर्षकी युवती विहानकाे समयमा घरबाट करिब १ ०० मिटर पर शाैचलाय गएकाे बेला अाक्रमणकाे शिकार भएकी थिइन ।

धेरै समयसम्म घर नर्फकिए पछि उनकाे खाेजी भएकाे र त्यही क्रममा उनलार्इ घाइते अवस्थामा फेला पारेका थिए । स्थानिय अस्पतालमा उपचार सम्भव नभएपछि उनलार्इ कानपुरकाे सरकारी अस्पतालमा भर्ना गरिएकाे थियाे । अवस्था गम्भीर भएसँगै उनलार्इ कानपुरकै एक निजी अस्पतालमा भर्ना गरिएकाे छ ।  स्थानिय प्रहरीका अनुसार पीडित माथि पुत्तन नामकाे एक व्यक्तिले साथीकाे सहायतामा गरेका  थिए । युवतीका अनुसार अभियुत्त मुन्नाका भार्इ पुत्तन तथा उसका तीन साथले  पहिले उनकी छाेरीलार्इ बासले प्रहार गरेर अाँखामा धारिलाे हतियार प्रहार गरे ।

यसअघि २ वर्ष पहिलेनै युवतीकाे अाफ्नाे घर नजिकै गार्इ चराउन  जादा सामुहिक बलात्कार मुन्ना र उनकाे साथीले  गरेका  थिए । बलात्कारको केस दर्ता गर्दा प्रहरीले नमाने पनि पछि बलात्कार पुष्टि भएसँगै आरोपीलाई नियन्त्रणमा लिएर केही समयमा छोडेको थियो ।

बलात्कृत भएकी ती युवतीले बच्चासमेत पाएकी थिइन् तर केही समयमा नै बच्चाको मृत्यु भयो ।