काठमाडौं/ फ्रान्सको राजधानी पेरिसस्थित अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यालयमा एउटा चिट्ठी बम पड्किँदा चिट्ठी खोल्ने मानिस घाइते भएको सुरक्षाकर्मीहरूले बताएका छन् ।

बिहीवार भएको यो घटनाको विस्तृत जानकरी आउन बाँकी छ ।

यसअघि बुधवार जर्मनीका अर्थमन्त्री वुल्फग्याङ सेउब्ललाई पठाइएको पासैल बमलाई मन्त्रालयले विस्फोट हुनुअघि नै नष्ट गरेको थियो ।

ग्रीसको उग्रवामपन्थी समूह कन्स्पिरेसी अफ फायर सेल्सले आफ्नो वेबसाइटमा उक्त बम पठाएको उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको युरोप कार्यालय पेरिसको एभेन्यु दलेनामा छ ।

बीबीसीबाट