मेलबर्न / विमानमा यात्रा गरिरहेकी एक महिलाले कानमा लगाएको हेडफोन पड्किएको छ । बेइजिङदेखि मेलबोर्नसम्मको यात्रा गरिरहेकी ती महिला कानमा हेडफोन लगाएर सुतिरहेकी थिइन् । त्यही बेला उनी ठूलो विस्फोटको अवाजले ब्युझेकी थिइन् ।

उनले हडफोन निकाल्दा त्यहाँ आगो झिल्काहरु आइरहेको र केही भागमा आगो लागेर पग्लिरहेको पाइन् । विस्फोटका कारण उनको अनुहार कालो हुनका साथै उनको हात समेत जलेको छ ।

नाम न खुलाएकी ती महिलाले अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोलाई विस्फोटको बेला आफूले गीत सुनिरहेको बताइन् । ‘गीत सुनिरहेको बेला मलाई अनुहारमा तातो महसुस भयो । हत्तनपत्त मैले हेडफोन निकालेर फाले । त्यसमा आगो लागिरहेको थियो,’ उनले भनिन् ।

विमानका कर्मचारीले पानी खनाएर आगो निभाएका थिए । कुन ब्राण्डको हेडफोन पड्किएको हो भनेर पनि खुलाइएको छैन । तर, त्यसमा प्रयोग हुने ब्याट्रीका कारण यस्तो भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

यसअघि, ग्यालेक्सिी नोट सेभेन पनि विस्फोट हुने समस्या देखिएको थियो । अस्ट्रेलियन अधिकारीहरुले विमानमा यात्रा गर्दा ब्याट्रीबाट चल्ने विद्युतीय समाग्रीहरु चलाउँदा ध्यान दिन आग्रह गरेको छ ।