चीन/ चीनको हेलोङजियाङ प्रान्तको एक ग्रामीण इलाकामा गत बिहीबार भएको कोइलाखानी दुर्घटनामा परी खानीभित्र फसेका १७ जनाको मृत शरीरलाई उद्धार गरिएको स्थानीय अधिकारीले सोमबार बताएका छन् ।

खानीमा काम गर्ने सिलसिलामा खानीको अगाडिको भाग भासिँदा १७ कामदार खानीभित्र फसेका थिए भने सबै जनाको मृत शरीर सोमबारसम्म निकाली सकिएको उद्धारकर्मीले जनाएका छन् । उक्त खानीमा काम गरिरहेका २०० कामदार भने तत्कालै भागेर ज्यान बचाउन सफल भएका थिए ।

खानीमा खटिएका फलाम रसाउने काम गर्ने (वेल्डर्स) को लापरवाहीका कारण घटना भएको भन्दै हेलोङजियाङका प्रहरीले केही वेल्डर्सलाई नियन्त्रणमा लिएका छन् भने खानीका व्यवस्थापकलाई बर्खास्त गरिएको छ ।