काठमाडौं/धार्मिक कट्टरपन्थीहरूका विरुद्ध चीनले कठोर नीति अपनाउने भएको छ । चीनको सरकारले देशमा अतिवादीहरूको प्रभाव बढ्न थालेको निष्कर्ष निकाल्दै नयाँ रणनीति तयार गरेको छ ।
चीनका अल्पसंख्यक मुसलमानहरू सिरिया तथा इराकमा इस्लामिक स्टेटमा आबद्ध भएर लड्न थालेको खबर आएपछि चीन सतर्क भएको हो ।
शारहत अहान चीनको मुसलमानबहुल शिननियाङ प्रान्तका वरिष्ठ राजनेता र कम्युनिस्ट पार्टीको कानूनी विषयसँग जोडिएका अधिकारी हुन् । आइतवार उनले अन्तर्राष्ट्रिय स्तरमा उत्पन्न आतंकवाविरोधी स्थितिका कारण चीनमा अस्थिरता फैलिएको बताएका थिए ।
चीनका राष्ट्रपति सी चिनफिङले पनि पछिल्लो वर्षमा धेरैचोटि साम्प्रदायिक अल्पसंख्यकहरूप्रति गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।
सिनजियाङ प्रान्तका स्थानीय नेताहरूले पूरै प्रान्तमा सुरक्षा व्यवस्था अझ बढी बलियो बनाएका छन् । यहाँका उग्घुर मुसलमानहरूले समयसमयमा हिंसा मच्चाउने गरेका छन् ।
यसैबीच आईएसले चीनमा रक्तपात हुने चेतावनी पनि दिएको थियो ।