काठमाडौं/ प्रमुख निर्वाचन आयुक्त
ले स्थानीय तहको निर्वाचनका लागि आवश्यक सबै सामग्री, ऐन र कानुन प्राप्त भएकाले अब कुनै हालतमा चुनाव नरोकिने स्पस्ट पारेका छन् ।
सोमबार काठमाडौंमा गरिएको साक्षात्कारमा प्रमुख आयुक्त यादवले वैशाख ३१ गते नै निर्वाचन सम्पन्न गर्नेगरी आयोगले कामलाई तीव्रता दिएको भन्दै चुनावी वातावरण बनाउन सबै राजनीतिक दलहरुलाई आह्वान गरे ।
दलहरुबीचका सबैखाले विमति र असन्तुष्टि समाधान गर्न उनले सरकार र प्रमुख दलहरुलाई आग्रह पनि गरे ।
दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई उत्सवकोरुपमा लिनुपर्ने यादवको भनाइ थियो ।
आन्दोलनरत् मधेसी मोर्चाले पनि स्थानीय तहको निर्वाचनमा भाग लिने विश्वास उनले व्यक्त गरे ।
मतदाता नामावली प्रकाशन अन्तिम चरणमा पुगेको, मतदाता केन्द्र पुनरावलोकनको काम भइरहेको, मतपत्र व्यवस्थापनको काम भइरहेको जानकारी उनले दिए ।
आगामी चैत ३ गतेभित्रै कर्मचारी खटाउने काम गरिसक्न सरकारलाई भनिसकिएको उनले बताए ।