टर्की/ टर्की र नेदरल्याण्डसबीच कुटनीतिक तनाव थप चुलिएको छ ।

डच दंगा प्रहरी र टर्कीस प्रदर्शनकारीबीच रोट्टरड्याममा व्यापक झडपसमेत भएको छ । नेदरल्याण्डस्ले टर्कीस मन्त्री फत्मा बेतुल सायान कायालाई रोट्टरड्याममा सम्बोधन गर्न रोक लगाई जर्मनीको सीमामा पठाइएपछि झडप भएको हो ।

मन्त्री काया रोकपछि इस्तानबुल फर्किएको बताइएको छ । टर्कीमा राष्ट्रपतिको शक्ति बढाउने विषयमा अप्रिल १६ मा जनमत संग्रह हुँदैछ । यसै विषयलाई लिएर नेदरल्याण्डसमा बसिरहेका टर्कीसको समर्थन जुटाउन ¥याली आयोजना गरिएको छ ।

र्‍यालीमा टर्कीस मन्त्री कायाले सम्बोधन गर्ने कार्यक्रम थियो । यस्ता र्‍यालीले नेदरल्याण्डस्मा हुन लागेको आमचुनाव अघि तनाब बढाउने डच सरकारको तर्क छ ।

यसअघि पनि टर्कीका विदेशमन्त्री मेभलुट च्याभुशोलुले नेदरल्याण्डसमा सम्बोधन गर्ने भनिए पनि सुरक्षाको कारण देखाउँदै कार्यक्रम रद्द गरिएको थियो ।

टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले डच सरकारलाई नाजीहरुको अवशेष र फासीवादी भनी आलोचना गरेका छन् ।

-एजेन्सी