Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • भारत लग्दै गरेका ५ सय युवतीको उद्वार

भारत लग्दै गरेका ५ सय युवतीको उद्वार

  • फागुन २१, २०७३
  • ब्लाष्ट खबर
[caption id="attachment_21876" align="alignleft" width="300"] फाइल तस्बिर[/caption]

इलाम/माइती नेपाल पशुपतिनगरले पाँच वर्षमा दलालको प्रलोभनमा परी भारत जान लागेका पाँच सयभन्दा बढीको इलामको पूर्वी सीमावर्ती नाकाबाट उद्वार गरेको छ । माइती नेपाल इलामका अनुसार सन् २०१२ देखि सन् २०१६ सम्ममा पाँच सय ५० जनाको उद्वार गरेको हो । माइती नेपालका संयोजक होम ढकालका अनुसार सन् २०१२ मा एक सय एक, सन् २०१३ मा ८८, सन् २०१४ मा सय, सन् २०१५ मा ९१ र सन् २०१६ मा १७० जनाको उद्धार गरिएको हो । नाकाबाट उद्वार गरिएकामा १६ देखि २५ वर्ष उमेर समूहका युवती रहेको जनाएको छ । नाकाबाट उद्वार गरिएका धेरैजसो अविवाहित, मावि र क्याम्पसमा अध्ययनरत युवती रहेको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ । भूकम्प, बेरोजगारी, पढाइमा असफलता लगायतका कारणले मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेको संयोजक ढकालको भनाइ छ । राष्ट्रपति रनिङ सिल्डको उपाधि भानुभक्त माविलाई इलामको साँखेजुङस्थित नेपालटार माविको खेलमैदानमा सम्पन्न नवौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि भानुभक्त मावि मङ्गलबारेले हात पारेको छ । प्रतियोगितामा एक सय ४२ अङ्क प्राप्त गर्दै भानुभक्त माविले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । चिसापानीको जनता मावि एक सय ३३ अङ्कसहित दोस्रो र एकतप्पाको जनकल्याण मावि दोकानडाँडाले ८६ अङ्कसहित तेस्रो स्थान हासिल गरेको छ । दोस्रो र तेस्रो हुनेले क्रमशः १२ हजार र नौ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी विद्यालयका विद्यार्थीलाई जिल्ला शिक्षा समिति अध्यक्ष एवम् स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्काले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा भलिबल, एथ्लेटिक्ससहित मार्सल आर्टसम्बन्धी खेल भएको थियो । जिल्लास्तरीय प्रतियोगिता हुनुपूर्व जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा छनौट प्रतियोगिता सञ्चालन गरिएको थियो ।

जसमध्ये क्षेत्रबाट छनौटमा परेका २५ विद्यालयका दुई सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर राईले जानकारी दिए । रासस 

सम्बन्धित समाचार
परम्परागत भेषभूषामा सांसद्ः पहिचानको सन्देश

विजयपुर । आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खाैली थारु भेषभूषामा सजि ...

आँपको फूलमा कीरा खाँदै बकुल्ला

दाङको घोराही उपमहानगरपालिका–२ स्थित रामपुरमा आँपको फूलमा रहेका कीरा खाँदै ब ...

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्नुः अध्यक्ष ओली

विजयपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
परम्परागत भेषभूषामा सांसद्ः पहिचानको सन्देश
आँपको फूलमा कीरा खाँदै बकुल्ला
देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्नुः अध्यक्ष ओली
धरानमा १७ केजी गाँजासहित दुई युवक पक्राउ
रास्वपा संसदीय दलको नेतामा बालेन्द्र चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
जडिबुटी गोडमेल
कोशी प्रदेशसभा बैठकमा प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले लिए शपथ
संसद्मा पुस्तान्तरणःयुवाहरूको संसदीय यात्रा
जेलबाट रवि कसरी निस्किएका थिए ?
ओलीसहित ७ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
अवैध सम्बन्धको शङ्कामा श्रीमतीको हत्या
रेबिज भ्याक्सिन तत्काल आपूर्ति गर
आजको राशिफलः २०८२ साल चैत १२ गते बिहीबार
बलात्कारको आरोपमा सफारी चालक पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved