
डोटी/ दिपायलमा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा खेलौनामा हावा भर्ने ग्यास लिक हुँदा दुई बालक घाइते भएका छन् ।
महोत्सवमा राखिएको स्टलमा खेलौनामा हावा भर्ने क्रममा आगो सल्केको र बालकको शरीरमा लाग्दा बालक घाइते भएका हुन् ।
घाईते हुनेमा ७ वर्षीय सन्तोस दमाई र ५ वर्षीय खगेन्द्र दमाई रहेको प्रहरीले जनाएको छ ।
घाईते दुवैको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।
उक्त मेलामा केहीदिन अघि मात्रै हावाले स्पिकर ढल्दा ६ वर्षीय निरज विक घाईते भएका थिए ।