काठमाडौं / शिवम् सिमन्ट लिमिटेडले घर तथा अन्य भवन निर्माणकर्ताहरुका लागि निर्माण स्थलमै पुगी निर्माण विशेषज्ञ प्राविधिक टोलीमार्फत विभिन्न प्राविधिक परामर्श तथा परीक्षण सेवा निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ ।
नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टको यस सेवालाई अझ धेरैभन्दा धेरै ग्राहक एवं निर्माणकर्ताहरुका निर्माण स्थलहरुसम्म पु¥याउने लक्ष्य रहेको छ ।
‘गुणस्तरमा सम्झौता नगरौं’ र ‘मजबुत निर्माणप्रति हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको यस अभियानलाई झनै वृहत र प्रभावकारी रुपमा सञ्चालन गर्न गईरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले दिगो निर्माणको लक्ष्य बोकी वर्षाैंदेखि ग्राहकहरुलाई गुणस्तरीय शिवम् सिमेन्ट पस्कदै आएको छ ।
यस सेवा अन्तर्गत निर्माणकर्ताहरुले शिवम् सिमेन्टका अनुभवी र दक्ष प्राविधिक टोलीमार्फत सिमेन्टको परीक्षण गर्ने, निर्माण कार्य बारे प्राविधिक जानकारी प्राप्त गर्ने, निर्माण सामाग्रीहरुको मिश्रण तथा कार्यक्षमताका विषयमा जानकारी लिने, वाल र प्लास्टर लगाउने सहि तरिकाबारे जानकारी प्राप्त गर्ने तथा आवश्यकता अनुरुप अन्य थप प्राविधिक ज्ञान लगायतका विभिन्न सहयोग लिनका निमित्त आफ्नो निर्माणस्थलमै विज्ञ प्राविधिक टोली बोलाई वित्र सेवा लिन कम्पनीले आग्रह समेत गरेको छ ।
मजबुत तथा दिगो निर्माणप्रतिको सामाजिक दायित्व बोध गर्दै कम्पनीले यस निःशुल्क सेवालाई शिवम् सिमेन्ट प्रयोग गरी बनाइएका निर्माणस्थलहरु बाहेकका साइटहरुमा पनि यस सेवा उपलब्ध गराएको छ ।
घर–भवन निर्माणको क्षेत्रमा शिवम् सिमेन्टको तर्पmबाट शुरु गरिएको यसप्रकारको ‘निर्माण विज्ञ परामर्श’ सेवाबाट धेरै भन्दा धेरै निर्माणकर्ताहरुले घर, भवन, संरचनाको निर्माणमा बिना खर्च निःशुल्क प्राविधिक सेवा प्राप्त गरी गुणस्तरीय निर्माणको लाभ लिन सक्ने कुरामा कम्पनी विश्वस्त रहेकोछ ।
यो सेवा टोल फ्रि नं. १६६००१२३३२१ (एनटिसी) वा ९८०१५७५५७५ (एनसिइएलएल) मा कल गरी प्राप्त गर्न पनि सकिनेछ ।
नेपालकैं नं. १ ओपिसि सिमेन्ट बन्न सफल यस शिवम् सिमेन्ट नेपाल गुणस्तर चिन्हका साथै ISO 9001, ISO 14001,OHCAS 18001, ISI, /URS प्रमाणित कम्पनी हो ।
कम्पनीले समयअनुरुप विभिन्न अभियानहरु संचालन गर्नुका साथै देशका विभिन्न असहज परिस्थितिहरुका बावजुद निरन्तर सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ ।