विजयपुर/नेपाल पत्रकार महासङ्घ, सुनसरी शाखाको अधिवेशनमा प्रेस सेन्टर नेपालले भोग्नुपरेको दुष्परिणामका लागि जिम्मेवार व्यक्तिहरूमाथि कारवाहीको माग गर्दै सेन्टरका सुनसरी सल्लाहकारहरू र सदस्यले आइतबार पदबाट राजीनामा दिएका छन् । ‘हामीले आजैका मितिदेखि प्रेस सेन्टरको सुनसरी सल्लाहकार तथा कार्यसमिति सदस्य पदबाट राजीनामा दिएका छौं ।’ आइतबार जारी विज्ञप्तिमा भनिएको छ । सल्लाहकारहरू राजेश विद्रोही, जनकऋषि राई, जसकुमार राई र सुनसरी जिल्ला कार्यसमिति सदस्य शेखरनाथ जोगीले राजीनामा दिएका हुन् ।
आप्mनो सङ्गठनको पक्षमा राम्रो परिणाम आउने परिस्थिति हुँदाहुँदै पनि केही व्यक्तिहरूको व्यक्तिवादी प्रवृत्ति र सामूहिक निर्णयबाट नभई सङ्गठनका सम्पूर्ण सदस्यहरूलाई भ्रममा राखेर सङ्गठनलाई व्यक्तिको पेवा बनाउने क्रियाकलापमा संलग्न उनीहरूकै कारण यो दुष्परिणाम भोग्नुपरेको ठहर गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यसबारे सङ्गठनले तत्काल आवश्यक प्रक्रिया प्रारम्भ गरी दोषीमाथि कारवाही गर्न हामी जोडदार माग गर्छौं ।’