प्रहरीले भैंसेपाटीस्थित आशा गृहका सञ्चालक गोपाल मुखियालाई पक्राउ गरेके छ । मुखियाकी पत्नी एलिजामिटले सोही गृहमै बस्ने १० बर्षीय मेनुका लामालाई गल्ती गरेको भन्दै काठको पन्युले हिर्काएकी थिइन् ।
लामा बिहीबार नै बालगृहमा भेटिएकी थिइन् । उनी शुरक्रबार सोह्रखुट्टेमा भेटिएकी थिइन् । केन्द्रिय र जिल्ला बालकल्याण समिति,बालबालिका खोजतलास समन्वय केन्द्र र प्रहरीले शुक्रबार आशा गृहको अनुगमान गरे । केन्द्रिय बालकल्याण समितिका अनुसार कुटपिटबाट बालिकाको हात खुट्टामा चोट लाग्नुका साथै नाकबाट रगत बगेको छ ।