काठमाडौं/ २०७२ बैशाख १२ पछिको भूकम्पको पराकम्प आउने क्रम अझैं रोकिएको छैन । आज बिहान पनि धादिङ केन्द्रबिन्दु भएर पराकम्प गएको छ भने सो पराकम्पको धक्का राजधानीसम्म महसुश भएको थियो ।

बिहान ६ बजे धादिङ केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि दोलखालाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरको परकम्प गएको थियो ।