धरान माघे सङ्क्रान्तिको अवसरमा आयोजित ‘माघे सङ्क्रान्ति नाइट–३’ आयोजना गरेको इस्टर्न युथ क्लबले धरान–१७ स्थित दीपेन्द्र प्राथमिक विद्यालयमा अध्ययनरत १२० जना छात्र–छात्रालाई आवश्यक स्टेशनरी सामानहरू वितरण गरेको छ ।
आफुहरूले कार्यक्रमबाट उठेको रकममध्ये केही समाजसेवामा खर्च गर्ने उद्देश्यअनुरूप करीब २० हजार रुपैयाँबराबरका ४५ दर्जन कापी, २४ दर्जन पेन्सिललगायतका शैक्षिक तथा स्टेशनरी सामान वितरण गरेको अध्यक्ष चन्द्र लिम्बूले बताए । आफुहरूको सानो सहयोगले विद्यार्थीहरूमा छाएको खुशीले यस्तै कार्यक्रम आयोजना गरिरहने हौसला पाएको अध्यक्ष लिम्बूले बताए ।