धरान /स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पाँच दिन पछि सर्ने भएको छ । बिहिबार प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच असन्तुष्ट बिद्यार्थी संगठनलाई सहमतीमा ल्याउन चिर्बाचन पाँच दिन पछि सार्ने सहमती भएको हो ।

प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति गरेका हुन् ।

बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धा्रित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो ।

बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए ।