एजेन्सी/ साउदी अरब सबै भन्दा धेरै तेल उत्पादन गर्ने हो। यसले प्रतिदिन एक करोड ६२ लाख पाँच हजार ब्यारेल तेल उत्पादन गर्ने गर्दछ।
साउदी अरेबीयापछि सबै भन्दा बढी तेल उत्पादन गर्ने देश रुस हो। रुसले प्रतिदिन एक करोड २५ लाख ४ हजार ब्यारेट तेल उत्पादन गर्ने गर्दछ।
त्यस्तै बढी तेल उत्पादन गर्ने देश मध्ये तेस्रो नम्बरमा यूएस रहेको छ। यसले प्रतिदिन ८७ लाख ४४ हजार ब्यारेट तेल उत्पादन गर्दै आएको छ।
त्यस्तै तेल उत्पादन गर्ने चौथो देश रहेको छ, इराक । इराकले प्रतिदिन ४८ लाख ३६ हजार ब्यारेट तेल उत्पादन गर्दै आएको छ।
तेल उत्पादन गर्ने देश मध्ये पाँचौँ नम्बरमा चीन छ। यसले प्रतिदिन ३९ लाख ३८ हजार तेल उत्पादन गर्दै आएको छ।
छैठौँ नम्बरमा इरान रहेको छ। यसले प्रतिदिन ३९ लाख २० हजार ब्यारेट तेल उत्पादन गर्दै आएको छ।
बढी तेल उत्पादन गर्ने देश मध्ये सातौँ नम्बरमा क्यानडा छ। यसले प्रतिदिन ३६ लाख ५२ हजार ब्यारेट तेल उत्पादन गर्दै आएको छ।
बढी तेल उत्पादन गर्ने देश मध्ये संयुक्त अरब आठौँ नम्बरमा छ। यसले प्रतिदिन ३१ लाख ८८ हजार ब्यारेट तेल उत्पादन गर्दै आएको छ।
त्यस्तै बढी तेल उत्पालन गर्ने देशमध्ये नौँ नम्बरमा कुबेत छ। यसले प्रतिदिन ३० लाख ब्यारेट तेल उत्पादन गर्दै आएको छ।
त्यस्तै दशौँ नम्बरमा बढी तेल उत्पादन गर्ने देश मध्ये ब्राजिल हो। यसले प्रतिदिन २६ लाख २४ हजार ब्यारेट तेल उत्पादन गर्दै आएको छ।