काठमाडौं/ सुनचाँदीको भाउ बिहीबार बढेको छ । सुनको भाउ तोलामा चार सय रुपैयाँ तथा चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुन बिहीबार तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको हो ।

यस्तै गएको आइतबारदेखि नै स्थिर रहेको चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर ८ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।