धरान/ युवा संघ नेपाल धरानको ११ औं अधिवेसन फागुन ७ गते हुने भएको छ । युवा सघं नेपाल धरानले बुधबार पत्रकार सम्मेलन गरि युवा सघंका केन्द्रिय अध्यक्ष राजीब पहाडिको प्रमुख आतिथ्यमा अधिबेशन उद्घाटन हुने युवा सघं नेपाल धरानका अध्यक्ष राजेन्द्र राईले बताए ।
कार्यक्रममा संघको केन्द्रिय सचिव नरेश शाही लगायत केन्द्रिय कमिटी, जिल्ला, क्षेत्रीय कमिटीका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कमिटीले अधिबेशन सफल बनाउन अध्यक्ष राईको संयोजकत्वमा ३३ सदस्यीय अधिबेशन आयोजक मुल समिती गठन गरेको छ पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेसनको बन्द सत्रले नयाँ कार्यसमिती पनि चयन गर्नेछ ।
अधिबेशनमा धरानका २७ वडाहरुबाट ७ जनाका दरले प्रतिनिधीहरुको उपस्थिती आयोजकले जानकारी दिएको छ ।