धरान/नेपाल प्रहरीको महानिरीक्षक नियुक्तीमा सर्वोच्च अदालतले निर्णय कार्यान्वयन गर्नन आदेश दिएसँगै को हुने भन्ने विवाद सतहमा आएको छ । आइतबार सरकारले जयबहादुर चन्दलाई आइजिपीमा नियुक्त गर्न निर्णय गरेको थियो । बरियता क्रममा तेस्रो नम्बरमा रहेकालाई आइजिपी नियुक्त गर्न लागिएको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको थियो । त्यही रिटको आदेश दिँदै आइतबार नै नियुक्त उपर निर्णय नर्गन आदेश जारी गरेको छ । आदेशसँगै चन्दको पहिलो गाँसमै ढुंगा भेटेका छन् भने बयिरता क्रममा पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई केही राहत मिलेको छ । प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल ३० वर्षे सेवा अवधिका कारण आइतबार अनिवार्य अवकास पाउँदैछन् । आइजिपी नियुक्त भएको केही घन्टामै सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश र्दिएको छ । सर्वोच्चको आदेशपछि प्रहरीले महानिरीक्षक पाउन केही समय कुर्नु पर्ने भएको छ । एआईजी डा. दिनेशचन्द्र पोखरेलले कार्यबाहक प्रहरी प्रमुखको जिम्मेवारी पाउने भएका छन् ।