धरान/सरकारले तेस्रो नम्बरका डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा नियुक्त गरेको छ ।

पहिलो नम्बरका डिआइजी नवराज सिलवाल र दोस्रो नम्बरका डिआइजी प्रकाश अर्याललाई छाडेर सरकारले चन्दलाई आइजिपीको नियुक्त गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको दवावमा उनलाई आइजिपी नियुक्त गरिएको हो ।
हालका आइजिपी उपेन्द्रकान्त अर्यालको सोमबार पदावधी सकिदै छ । आइतबार बिहान बसेको बैठकले चन्दलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको छ । आइजिपीको दाबेदार चार डिआइजी मध्ये बरियता क्रममा चन्द तेस्रो नम्बरमा पर्थे ।
तर, राजनीतिक दवावका कारण नै चन्द पहिलो नम्बरमा पर्न सफल भएका हुन् । यही विषयलाई लिएर यस अघि गृहमन्त्री विमलेन्द्र निधि र सभापति देउवाबीच विवाद उत्पन्न भएको थियो ।
यता सशस्त्र सिंहबहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी प्रमुखमा श्रेष्ठलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरी प्रमुखमा श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा दाबेदार रहेका थिए ।